Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौँमा असार महिनाभर मेलम्चीको पानी नआउने

    काठमाडौँमा असार महिनाभर मेलम्चीको पानी नआउने

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौंमा वितरण हुँदै आएको मेलम्ची खानेपानी आयोजनाको पानी करिब एक महिना नआउने भएको छ ।

    हाल परीक्षणका क्रममा रहेको सो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंका धारामा आउने गरेको थियो । तर असार १ गतेदेखि करिब एक महिना धारामा मेलम्चीको पानी नआउने भएको छ।



    आयोजनाका अनुसार हाल परीक्षणमा रहेको वितरणको अवधि असार १ मा सकिँदै छ । फागुन १० बाट सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो । तीन महिनाको परीक्षण अवधि सकिएको छ ।



    असार १ गतेदेखि सुरुङ खाली गराउन थालिने छ । सुरुङ खाली भएपछि इन्जिनियरहरुले सुरुङको परीक्षण गर्नेछन् । कुनै त्रुटी नभेटिए फेरि पानी वितरण शुरु हुनेछ । यदि त्रुटी फेला परेमा निर्माण कम्पनीले फेरि मर्मत गर्नुपर्ने हुन्छ । सुरुङ खाली भएपछि परीक्षण गर्न कम्तिमा १० दिन लाग्ने आयोजनाले जनाएको छ ।

    मेलम्चीको पानी नआउने भएपछि काठमाडौंमा पानीको अभाव हुनसक्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार