Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोनाबाट एकै घरका दुई छोरा र आमाको ७ दिनको फरकमा मृत्यु

    कोरोनाबाट एकै घरका दुई छोरा र आमाको ७ दिनको फरकमा मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    गाईघाट। कोरोना भाइरस संक्रमणबाट उदयपुरमा एक साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा कोरोनाका कारण दुई छोरा र आमाको मृत्यु भएको हो। गत जेठ १५ र १८ गते दुई छोरा गुमाएकी की ७१ वर्षीया तिलमाया मगरको आज बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।



    तिलमायालाई दुई साताअघि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार गरिएको थियो। त्यहाँ सामान्य उपचारपछि तिलमायाकै आग्रहमा उनलाई होम आइसोलेसनमा लगिएको खड्काको भनाइ छ।



    तिलमायाका दुवै छोरालाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख मोहन सुवेदीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार