Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • आइसोलसन भवनबाट भाग्न खोज्दा एक जना संक्रमितको ज्यान गयो

    आइसोलसन भवनबाट भाग्न खोज्दा एक जना संक्रमितको ज्यान गयो

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.4K
    SHARES

    सिन्धुपाल्चोक। जिल्लामा एक जना कोरोना संक्रमितले आइसोलसन भवनको झ्यालबाट हामफाल्दा ज्यान गुमाउन पुगेका छन्।

    ज्यान गुमाउनेमा बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङ रहेका छन्।



    तामाङले जुगल गाउँपालिकास्थित रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा ज्यान गुमाएका हुन्।



    जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लाँदादाँदै मृत्यु भएको जनाएको छ ।

    जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर ,उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति फाल हालेर भाग्न खोजेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार