Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • श्रीलंकाको तटीय क्षेत्र नजिक इन्धनसहितको पानी जहाज डुब्यो

    श्रीलंकाको तटीय क्षेत्र नजिक इन्धनसहितको पानी जहाज डुब्यो

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । रसायनिक पदार्थले युक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । योसँगै वातावरणीय विपदको अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन् ।

    सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको कार्गो पानीजहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको थियो । यो हप्ता मात्रै आगो नियन्त्रणमा आएको हो ।



    सो पानी जहाजमा रहेको इन्धन ट्याङ्कबाट सयौँ टन तेल समुद्रमा मिसिने जोखिम बढेको छ । यस्तो भएमा आसपासको समूद्री पर्यावरण तथा समुद्री जीवमा गम्भीर असर पर्ने छ ।



    श्रीलंका तथा भारतका नेभीले केही दिनदेखि आगो नियन्त्रणमा लिने तथा कार्गो पानी जहाज डुब्नबाट जोगानका लागि संयुक्त रुपमा प्रयास गरिरहेका थिए ।

    तर समुद्र अस्थिर मौसमी अवस्था तथा तीव्र गतिमा चलेको मनसुनी वायुका कारण सो अभियान प्रभावित भयो । कोलम्बो तट भन्दा केही पर जहाज डुबेको हो ।

    जहाज डुबेसँगै वातावरणीय रुपमा गम्भीर अवस्था सिर्जना हुने जोखिम बढेको वातावरणविदले बताएका छन् । यसले समुद्र सतहको पारिस्थितिक प्रणालीमै गम्भीर असर गर्ने जोखिम बढेको छ .

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार