Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आइसीयुमा उपचारत भारतीय नागरिकको मृत्यु

    आइसीयुमा उपचारत भारतीय नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    धनगढी। धनगढीस्थित माया मेट्रो अस्पतालको आइसीयुमा राखेर उपचार गराईरहेका भारतीय नागरिकको मृत्यु भएको छ। धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष ९मा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको आज बिहान मृत्यु भएको हो।

    माया मेट्रो अस्पतालले कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ। उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बीहिबार राती माया मेट्रो अस्पताल पुगाएका थिए। अस्पतालले उच्च ज्वरो, निमोनिया र सुगरको समस्या देखिएका कारण उनलाई आईसियुमा भर्ना गरिएको जनाएको छ।



    आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लीनीकमा समान्य परिक्षणपछि सेती अस्पताल ल्याईएको बताए। एक दिन सम्म सेती अस्पतालमै भर्ना गराएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आईसियुमा राख्नुपर्ने सुझाएका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार