मुगु । कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धको मृत्यु भएको छ।
छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए।
उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममा बाटोमा नै निधन भएको थियो। एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्ध अस्पताल जान नमानेर घरमा नै जडिबुटी सेवन गर्दैआएका थिए ।
उनको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । गत वैशाखदेखि जिल्लामा संक्रमितको सङ्ख्यामा वृद्धि भए पनि कोहीको पनि कोरोनाबाट मृत्यु भएको थिएन। जिल्लामा हालसम्म २९४ कोरोना संक्रमित छन्।
Leave a Reply