Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जसपा विभाजन

    निर्वाचन आयोगलाई उपेन्द्रको पत्र- दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    निर्वाचन आयोगलाई उपेन्द्रको पत्र- दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन भएको छ ।

    आज जसपाका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।



    मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको घोषणा गरेको थियो।



    सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ ।

    जसपाका संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता महतो, शुक्ल र कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो।

    भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए। ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार