Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भरतपुर अस्पतालको आईसीयूमा उपचाररत युवतीको मृत्यु, स्वाब परीक्षण हुन बाँकी

    भरतपुर अस्पतालको आईसीयूमा उपचाररत युवतीको मृत्यु, स्वाब परीक्षण हुन बाँकी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    चितवन । ज्वारो आएर चितवनको भरतपुर अस्पतालमा उपचाररत एक विरामीको मृत्यु भएको छ ।

    अस्पतालले निमोनियाका कारण उनको आज विहान मृत्यु भएको बताए पनि उनको स्वाब परीक्षण हुन भने बाँकी रहेको अस्पतालले जनाएको छ ।



    अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीका अनुसार ती युवतीमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन स्वाव परिक्षणका लागि पठाउने तयारी भइरहेको छ ।



    हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईलाई गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

    उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार