Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओशाकाद्वारा फ्रेच्न ओपनका बाँकी खेल बहिष्कार

    ओशाकाद्वारा फ्रेच्न ओपनका बाँकी खेल बहिष्कार

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । विश्व नम्बर दुई महिला टेनिस खेलाडी नाओमी ओशाकाले जारी फ्रेन्च ओपनका बाँकी खेल बहिष्कार गरेकी छिन् ।

    सञ्चारमाध्यमलाई वहिष्कार गरेकी ओशाकामाथि जरिवाना गरिएको थियो । उनलाई प्रतियोगिताबाट निष्काशन गरिने चेतावनी दिइएको थियो ।



    दबाबमा रहेकी ओशाकाले फ्रेन्च ओपनका बाँकी खेल नखेल्ने घोषणा गरेकी हुन् ।



    उनले ट्वीट गर्दै सन् २०१८ मा पहिलो ग्राण्डसलाम उपाधि जितेपछि आफू डिप्रेशनबाट ग्रस्त भएको उल्लेख गरेकी छिन् ।

    गत साता २३ वर्षीया ओशाकाले मानसिक स्वास्थ्यलाई ध्यानमा राखी खेलपछि आयोजना गरिने पत्रकार सम्मेलनमा भाग नलिने घोषणा गरेकी थिइन् ।

    उनी चार पटककी ग्राण्डसलाम विजेता हुन् । फ्रेन्च ओपन टेनिसअन्तर्गत आइतबार भएको पहिलो चरणको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गरेपछि पत्रकार सम्मेलनमा भाग नलिएका कारण ओशाकालाई १५ हजार डलरको जरिवाना गरिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार