Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बाबुरामको प्रश्न – भाइरस मार्ने बन्दुक र गोलीले हो ?

    बाबुरामको प्रश्न – भाइरस मार्ने बन्दुक र गोलीले हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारलाई चोरको खुट्टा काट् भन्दा किन खुट्टा भन्दै प्रश्न गरेका छन् ।

    सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपछि उक्त प्रश्न गर्नुभएको हो ।



    समाजिक सञ्जाल ट्वीटरमा उनलेसरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ? के वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन् भनेर प्रश्न गरे ।



    डा.भट्टराईले जी-टूजी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? भनेर पनि प्रश्न गरेका छन् ।

    उनी लेख्छन – ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला,अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला? के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्रु जी-टूजी विधिबाट पहिल्यै किन नल्याएको? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?‘

    बिहीबार उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयलाई आधार बनाउँदै स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार