Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपाली फुटबल टोली इराकबाट कुवेततर्फ

    नेपाली फुटबल टोली इराकबाट कुवेततर्फ

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा मैत्रिपूर्ण खेल खेलेपछि टोली आइतबार राति स्थलमार्ग हुँदै कुवेततर्फ लागेको हो ।

    सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप फुटबल छनोट अन्तर्गत बाँकी रहेका तीन खेलका लागि नेपाली टोली कुवेततर्फ लागेको हो ।



    कुवेतमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।



    पहिलो खेल बिहिवार चाइनिज ताइपेइसँग हुनेछ । विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ ।

    यद्दपी बाँकी तीन खेल जिते नेपाल दोस्रो स्थानमा रहन सक्नेछ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार