Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चेल्सी लुकाकुलाई भित्र्याउने प्रयास गर्दै

    चेल्सी लुकाकुलाई भित्र्याउने प्रयास गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्लिस क्लब चेल्सी रामेलु लुकाकुलाई पुनः क्लबमा ल्याउन प्रयासरत रहेको छ।

    डेलिमेलका अनुसार युरोपियन च्याम्पियन चेल्सी आफ्ना पुराना खेलाडी लुकाकुलाई ल्याउनका लागि प्रतिवद्ध रहेको र सक्दो प्रयास गरिरहेको छ ।



    इटालियन क्लब इन्टर मिलान पनि आफ्नो आर्थिक अवस्था सहज बनाउनका लागि लुकाकुलाई लिएर खुला रहेको जनाइएको छ ।



    सन् २०११ मा चेल्सीमा अनुबन्धित भएका उनी सन् २०१४ मा एभर्टन गएका थिए । त्यसपछि २०१७ मा म्यानचेस्टर युनाइटेड गएका उनी सन् २०१९ यता इटालियन क्लब इन्टर मिलाना छन् ।

    लुकाकुकै सहयोगमा इन्टर मिलानले यो वर्ष सिरी ए फुटबलको उपाधि जितेको छ । २८ वर्षका लुकाकुले यो सिजन सिरी ए मा ३३ गोल गरेका थिए ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार