रामनारायण यादव/ सप्तरी । स्रोत नखुलेको १ लाख २९ हजार ५ सय भारतीय रुपैयाँसहति एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ रम्पुराका ३६ वर्षीय विजय मुखिया रहेको प्रहरीले जनाएको छ ।
शंका लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ ५ सय दरका २ सय ५९ थानसहित उनलाई आइतबार जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ बेरियाघाटबाट सशस्त्र प्रहरी बिओपि तिलाठगीबाट खाटीएको टोलिले उनलाई पक्राउ गरिएको हो ।
उनलाई थप कारबाहीका लागि राजविराज भन्सार कार्यालय बेल्ही पठाईएको छ ।
Leave a Reply