Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • देशभर मौसम बदली

    देशभर मौसम बदली

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभर आज आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको छ।



    अहिले देशका अधिकांश भू–भागमा सामान्य बदली भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।



    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार