काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्ला दिनमा २० हजार हाराहारीमा स्वास्थ्य परिक्षण गर्दै आएको थियो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो चौबिस घन्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।
सरकारले परीक्षण घटाउँदा कोरोना भाइरस संक्रमितकोको संख्या घटेको हो।
Leave a Reply