Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • फुटको संघारमा जसपा, दुबै पक्षद्वारा चेतावनी सहित २४ घण्टे अल्टिमेटम

    फुटको संघारमा जसपा, दुबै पक्षद्वारा चेतावनी सहित २४ घण्टे अल्टिमेटम

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई चेतावनीसहित दोस्रो तथा अन्तिम स्पष्टीकरण सोधेको केही समयमै ठाकुरले पनि यादवलाई कारबाहीको चेतावनी सहित २४ घण्टे स्पष्टीकरण सोधेपछि विवाद उत्कर्षमा पुगेको हो ।

    ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले अन्तिम भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।



    जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ।



    जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ।

    जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई(यादव पक्षमा ३० जना रहेका छन्। नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो।

    जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराईऽयादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ । पार्टीभित्र विवाद भएकै कारण जसपा अध्यक्ष ठाकुरले एकतर्फी रूपमा जेठ ८ गते र ९ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित गरेका थिए। तर भट्टराई(यादव पक्षले भने बहुमत सदस्यसहित बैठक सम्पन्न गरेको थियो। बैठक बोलाउने बेलामा भने यादव र ठाकुर दुवै जनाले हस्ताक्षर गरेका थिए।

    विघटित प्रतिनिधिसभामा ३२ जना सांसदमध्ये ठाकुर–महतो पक्षसँग २० जना सांसद रहेका छन्। ठाकुर(महतो पक्षको भेलाले वैशाख ३० गते भक्तपुरको एक रिसोर्टबाट महतोलाई संसदीय दलको नेता समेत चयन गरेको थियो।

    यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

    यता, ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई चेतावनीसहित सोधेको स्पष्टीकरणको केही समयमै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेको हो ।

    ठाकुरले पनि स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने पत्रमा उल्लेख गरेका छन् ।

    यस्तो छ ठाकुरले काटेको पत्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार