Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाबाट मृतकको संख्या ५० हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख (अपडेट)

    कोरोनाबाट मृतकको संख्या ५० हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख (अपडेट)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाखको हाराहारीमा पुगेको छ ।

    अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ९ लाख ९९ हजार ६ सय ७१ पुगेको छ । बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको छ ।



    त्यस्तै, युरोपेली मुलुक बेल्जियमा १ सय ८३, नेदरल्यान्डमा १ सय ६६ जनाको मृत्यु भएको छ । यता, इरानमा १स सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् । बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार