Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अध्यादेशबाट नियमित बजेट ल्याउन मन्त्रिपरिषद बैठक बस्दै

    अध्यादेशबाट नियमित बजेट ल्याउन मन्त्रिपरिषद बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक छन् ।

    सरकारले  बजेटका सबै दस्ताबेजलाई शुक्रबार राति अन्तिम रूप दिएको र शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गर्ने स्रोतको भनाइ छ ।



    मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने जनाइएको छ ।



    जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको  सरकारी तर्क रहे पनि प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको हुँदा अध्यादेशबाट बजेट नल्याउन सरकारमाथि चौतर्फी दबाब छ।

    दबाबका बीच अध्यादेशबाट  नियमित बजेट ल्याउन लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको थप बिरोध शुरु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार