Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यास चक्रवातको प्रभाव घट्दै, मौसममा सुधार हुने

    यास चक्रवातको प्रभाव घट्दै, मौसममा सुधार हुने

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । यास चक्रवातको प्रभाव घट्दै गएपछि आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना छैन । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने महाशाखाले जनाएको छ ।



    अहिले पनि गण्डकी, लुम्बिनी र प्रदेश २ का केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिमाली क्षेत्रहरुमा आज पनि हिमपात र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।



    वसन्तकालीन आरोहण सिजन सकिन लागेकाले आरोहीहरु मौसम सुधारको पर्खाइमा रहेका बेला महाशाखाले आज पनि सावधानी अपनाउन आग्रह गरेको हो । यो समयमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने र वर्षाका कारण बाढी, पहिरो, सडक बन्द हुने जस्ता समस्या आउन सक्ने भएकाले सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार