Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालले इराकसित आज मैत्रीपूर्ण फुटबल खेल्दै

    नेपालले इराकसित आज मैत्रीपूर्ण फुटबल खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

    विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ ।



    फिफा वरीयतामा नेपालभन्दा निक्कै माथि रहेको इराकलाई जित्नु नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ । फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ । नेपालले अहिलेसम्म इराकसँग ३ वटा खेल खेलेकामा सबै खेल इराकले नै जितेको छ ।



    नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटेर टिमलाई औसत २३ वर्षको बनाएका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ ।

    विश्वकप अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेकाले छनोटको सम्भावना न्यून छ तर एसियाकपमा छनोटको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार