सर्लाही । सर्लाहीका रघु आले मगरको दुवै मिर्गौला फेल भएपछि उनको उपचार गर्न आर्थिक अभाव भएको छ ।
चिकित्सकहरुको सल्लाह अनुसार रघुको मिर्गौला प्रत्यारोपण (ट्रान्सप्लान्ट)गर्नुपर्ने भएपछि उनको परिवार आर्थिक सहयोगको याचना गरिरहेको छ । सर्लाही बरहथहा नगरपालिका– बस्ने रघु आले मगरको मिर्गौला प्रत्यारोपण गर्न करिब २० लाख खर्च लाग्ने उनको परिवारले जानकारी दिएको छ ।
मानव सेवा अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत रघुको मिर्गौलाको प्रत्यारोपण नगरेसम्म हप्ताको तीन पटकसम्म डाइलासिस गरिरहनु परेको छ ।
डाइलासिस देखि प्रत्यारोपण गर्न रघुको परिवारलाई आर्थिक अभाव भएकाले सबै सहयोगी मनहरुसँग आर्थिक सहयोगको माग गरेका छन् । उनलाई आर्थिक सहयोग गर्न इच्छुकहरुले निम्न बमोजिमको बैंक खातामा रकम जम्मा गर्न सकिने रघुका दाजु जीवनले जानकारी गराए । जीवनका अनुसार Nic bank branch damak 0345751210343001 contact 9823117454- e-sewa-9817342739 बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।
Leave a Reply