Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेका अरु १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

    एमालेका अरु १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अरु १२ नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।

    आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय गरेको माधव नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले बताए ।



    गत सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।



    नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

    पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै यसअघि एमालेले नेताहरू नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार