एजेन्सी। गर्मी शुरु हुनासाथ चीन र भारतीय सेना (दुबै पक्षले) लद्दाख सीमामा गस्ती पुनः सुरु गरेका छन् ।
गत वर्ष जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भीडन्त हुँदा भारतका २० सैनिक मारिएका थिए । चीनले आफ्ना सैनिकको मृत्युबारे अस्विकार गरे पनि केही महिनापछि उसका पाँच सैनिक अफिसर र अन्य सिपाही मारिएको स्वीकारेको थियो ।
हिमालयको उचाइमा हिउँ पग्लने क्रममा भारत र चीनको सीमाको किनारमा तातो मौसमले नयाँ द्वन्द्व निम्त्याउन सक्ने विश्लेषकहरू र सैनिक अधिकारीहरूले चेतावनी दिएका छन् ।
गत वर्षदेखि पश्चिममा भारतको लद्दाख र पूर्वमा अरुणाचल प्रदेशको बीचमा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा हजारौं भारतीय सेनाहरू तैनाथ भएका थिए । जुन चीनको सिन्जियांग, तिब्बत र अक्साईको सिमानामा रहेको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार दुबै पक्षले हिमनदीय पेङगोङ तालको किनारबाट सेना र तोपखान हटाएका थिए ।
यद्यपि भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले सीएनएन न्यूज १८ लाई यस यस महिनाको सुरुमा भनेका थिए , ‘त्यहाँ विच्छेदन भएको थियो तर कुनै डे-एस्केलेसन छैन।’ नरवणेले ५० देखी ६० हजार भारतीय सेना एलएसीमा तैनाथरहेको वताएका थिए ।
Leave a Reply