Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतबाट विवाह गर्न गाउँ फर्किएको जोडी क्वारेन्टाइनमा

    भारतबाट विवाह गर्न गाउँ फर्किएको जोडी क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.3K
    SHARES

    जनकपुर । केही समयअघि भागेका एक जोडी कोरोना भाइरसको त्रासका कारण पुनः गाउँ फर्किएपछि विवाह नै राेकिएकाे छ। धनुषाको शहिदनगर नगरपालिकामा उक्त घटना भएको हो । लकडाउन अवधिमा भारतबाट फर्किएको दुई दिन नवित्दै ती किशोर र किशोरीको आज विवाह हुने मिति तय भएको थियो । ती दुवैजना भारतबाट आएको भन्दै स्थानीयवासीहरुले उनीहरुलाई तत्काल क्वारेन्टाइनमा पठाएपछि विवाह भाँडिएको हो ।

    गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययरत १५ वर्षीय किशोर र गाउँकै करिब १४ वर्षीया किशोरी एक महिना पहिले भागेर दिल्लीमा गएका थिए । भारतमा सरकारले लकडाउन गरेपछि उक्त जोडी गाउँ फर्किएका हुन् । नेपाल–भारत सिमा क्षेत्रमा समेत पूर्णरुपेण शिलबन्दी गरिएको बेलामा एक्कासि आइपुगेको उक्त जोडीलाई देखेर गाउँमा हल्ला मच्चिएको छ ।



    होहल्ला पश्चात समाजका केहि पञ्चहरुले केटी पक्षले २ लाख ५० हजार रुपैयाँ दिएमा दुवै जनाको विवाह गराई दिने सम्झौँता गरेको थियो । तर स्थानीयवासीले कोरोना भाइरसको त्रासका बीच यस्तो गर्न नहुने भन्दै शहिदनगर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य ईकाइ सहसंयोजक सिकिलकुमार यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन स्थलमा अहिलेसम्म एक किशोरी सहित १५ जनालाई चेकजाँचको लागि राखिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार