Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एकै दिन तीन व्यक्ति मृत फेला

    एकै दिन तीन व्यक्ति मृत फेला

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 3.2K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा एकै दिन तीन व्यक्ति मृत फेला परेका छन् । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ माझीफेदास्थित ओडारमा सोही ठाउँ बस्ने २५ वर्षीया अम्बिका आपागाईं बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

    यसैगरी काभ्रेपलाञ्चोक, चौरीदेउराली-७ दोमानटारस्थित सुनकोशी नदीको किनारमा बिहीबार बिहान हाल नाम, थर, वतन नखुलेकी करिब ३२ वर्षीया महिला मृत फेला परेकी छन् ।



    उदयपुर, उदयपुरगढी गाउँपालिका-१ बस्ने ६० वर्षीय यम्बर बहादुर रोक्का सार्की हजारे सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार