Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकारले मेडिकल सामग्री खरिदको जिम्मा दियाे सेनालाई

    सरकारले मेडिकल सामग्री खरिदको जिम्मा दियाे सेनालाई

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं– चीनबाट सुरू विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने अावश्यक मेडिल सामग्री खरिदकाे जिम्मा अब नेपाली सेनालाई गरी सरकारले निर्णय गरेकाे छ। स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

    सरकारले हालै चीनबाट खरिद गरि ल्याएको मेडिकल सामग्रीमा अनियमतिता भएको भन्दै व्यापक आलोचना भएपछि सेनालाई अघि सारिएको हो । सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने बताइएको छ । के के समान किन्ने भन्नेबारेमा अहिले स्वाथ्य मन्त्रालयसँग छलफल भइरहेको सैनिक स्रोतले जानकारी दियो ।



    सेनाले गर्ने खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पाउँदैन। सम्झौतामा उल्लेख गरेजति सामाग्री नल्याएको र ल्याउने सम्भावना नरहेको भन्दै सरकारले बुधाबार ओम्नी ग्रुपको ओबिसिआईसँग सम्झौता रद्ध गरेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार