काठमाडौं । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बसिरहेको छ। बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन्।
बैठकमा संसद विघटन र त्यसपछि उत्पन्न राजनीतिकलगायत समसामयिक विषयमाथि छलफल भइरहेको छ। बैठकले कांग्रेसको आगामी रणनीतिबारे छलफल गरिरहेको छ ।
देउवाले विपक्षी गठबन्धकोतर्फबाट आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित रिटसमेत दर्ता गराएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा बिहीबारदेखि सुनुवाइ हुँदैछ। विघटनविरुद्ध परेका रिटमा बिहीबार र शुक्रबार सुनुवाइका लागि सर्वोच्चले पेशी तोकिसकेको छ।
अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको पेशी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी शुक्रबारका लागि तोकिएको हो।
Leave a Reply