Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • २५ घण्टा ५० मिनेटमा सगरमाथाको शिखर चुमेर कीर्तिमान बनाइन् हङकङकी साङ यी हङले

    २५ घण्टा ५० मिनेटमा सगरमाथाको शिखर चुमेर कीर्तिमान बनाइन् हङकङकी साङ यी हङले

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.6K
    SHARES

    तस्विर : एसिया टाइम्स

    काठमाडौं । हङकङकी आरोही साङ यी हङले २५ घण्टा ५० मिनेटमामा सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् ।

    शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा सगरमाथाको चुचुरो पुगेकी हुन् ।



    सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार हङले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकी हुन् ।



    यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो । उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन् ।

    पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार