Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सर्वोच्चमा १४६ जना सांसदसहित रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेताहरु

    सर्वोच्चमा १४६ जना सांसदसहित रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेताहरु

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ। संसद विघटनबिरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा  रिट निवेदन दर्ता गरेको छ।

    काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गर्दै ५ दलका शीर्ष नेताहरुले सर्वोच्चमा रिट दर्ता गरेका हुन्। गठबन्धनले दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन्  ।



    बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका सांसदहरु सर्वोच्च गएका थिए।



    यसअघि सिंहदरबारमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेतालगायतले छलफल गरेका थिए।

    रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत राखिएको छ ।

    रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार