Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विपक्षी गठबन्धनको रिट: निर्वाचन रोक्न अन्तरिम आदेश, संवैधानिक इजलासबाटै सुनुवाइ

    विपक्षी गठबन्धनको रिट: निर्वाचन रोक्न अन्तरिम आदेश, संवैधानिक इजलासबाटै सुनुवाइ

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विपक्षी गठबन्धनहरुले विघटित संसदविरुद्द आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन्।

    हिजो सिंहदरबारमा सुरु भएको विपक्षी गठबन्धनले विघटित संसदका १४९ जना भन्दा बढी सदस्यहरुको हस्ताक्षर संकलन गर्दै विघटित संसदविरुद्द आज सर्वोच्चमा रिट दर्ता गर्ने भएका हुन्। सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका छन्।



    रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत राखिएको छ ।



    रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ ।

    त्यस्तै, विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा बहुमतसहित रिट दर्ता गर्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार