Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ठाकुर र महतो ओली सरकारमा सहभागी भए स्वत: निष्कासन : उपेन्द्र यादव

    ठाकुर र महतो ओली सरकारमा सहभागी भए स्वत: निष्कासन : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली सरकामा सहभागी भए अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो स्वतः पार्टीबाट निष्कासन हुने बताएका छन् ।

    ठाकुर र महतोसँगै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी नीति सिद्धान्त र एजेण्डा विपरीत काम गरेको भन्दै प्रष्टिकरण सोध्ने समेत जसपाले निर्णय गरेको छ । यादव पक्षको आइतबार बसेको कार्यकारिणी परिषद्को बैठकले ओलीको प्रतिगमनलाई सहयोग गरेको आरोप लगाउँदै प्रष्टिकरण सोध्ने निर्णय गरेको हो।



    बैठकले दुई अध्यक्षमा रहेको अधिकार यादवमै केन्द्रित गर्ने निर्णय पनि गरेको छ। जसपामा ठाकुर र यादव दुईजना अध्यक्ष हुने व्यवस्था छ। त्यसलाई खारेज गर्दै यादवले पार्टीको अन्तिम अधिकार आफूमा केन्द्रित गरेका हुन्।



    ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पाटीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद्मा यादव पक्षको बहुमत छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार