Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: फिलिपिन्समा लकडाउनकाे अवज्ञा गर्नेलाई गोली हान्ने आदेश

    काेराेनाकाे सन्त्रास: फिलिपिन्समा लकडाउनकाे अवज्ञा गर्नेलाई गोली हान्ने आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.5K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसका अधिकांश मुलुकमा लडाउनकाे अवस्था छ। साेही क्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लघंन गर्नेलाई गोली हान्न प्रहरीलाई आदेश दिएका छन् ।

    राष्ट्रपति रोड्रिगोले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिने लकडाउनका बेला समस्या निम्त्याउने जोकोहीलाई गोली हान्न आदेश दिएका हुन् ।बुधबार राति टेलिभिजनमार्फत सम्बोधन गर्दै रराष्ट्रपति रोड्रिगोले भने, ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस् ।’



    कोरोना भाइरस संकमण रोकताम तथा नियन्त्रणका लागि भन्दै सरकारले एक महिना लामो लकडाउन गरेपछि त्यहाँ खाद्य सहायताको माग गर्दै प्रर्दशन जनप्रदर्शन गरिएको थियो । सो प्रदर्शनका क्रममा मनिलाको क्युजन सिटीबाट बुधबार २१ जना पक्राउ गरिएका छन् । सरकारसँग राहत माग्दै जनता प्रदर्शन उत्रिन थालेपछि राष्ट्रपति रोड्रिगोले यस्तो कदम चालेका हुन् ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार