Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • छुट्टाछुट्टै हस्ताक्षर र नागरिकताकाे फाेटाेकपी संकलन गरेपछि संयुक्त रुपमा भेला भए विपक्षी दलका सांसदहरु

    छुट्टाछुट्टै हस्ताक्षर र नागरिकताकाे फाेटाेकपी संकलन गरेपछि संयुक्त रुपमा भेला भए विपक्षी दलका सांसदहरु

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। संसद विघटनबिरुद्द विपक्षी गठबन्धनका दलहरुले छुट्टाछुट्टै रूपमा हस्ताक्षर र नागरिकताकाे फाेटाेकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमामा भेला भएका छन्।

    आइतबार दिउँसो विपक्षी गठबन्धनका सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न बहुमत सदस्यहरुको हस्ताक्षर र नागरिकता संकलन गरेका थिए।



    सङ्कलनपश्चात् सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र दुर्गा पाैडेललगायतका सांसदहरु बानेश्वरस्थित संघीय संसद् भवनमामा भेला भएका हुन् ।



    गत शुक्रबार राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णय वमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो।

    यसअघि विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा आजै रिट दायर गर्ने भनिएपनि समय अभावका कारण भोलि गर्ने भएको छ। विपक्षी दलले १४९ जना भन्दा बढी सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार