काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रजातन्त्रिक भन्ने नेपाली कांग्रेस पनि ‘प्रचण्डपथ’तर्फ लागेको बताएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कांग्रेसले सरकार चलाउन नदिएर अलोकतान्त्रिक वितण्डातर्फ लागेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई गुरु मानेर उत्तेजना र आवेशमा नेपाली कांग्रेस अगाडी बढेको छ, प्रधानमन्त्री बन्ने नाममा किर्ते सही गराउने खालको आवेश र उत्तेजनाको राजनीति नगरौ।’
कांग्रेसीबाट ओलीले गराएको चुनावमा भाग नलिने भन्ने कुरासमेत सुनिन आएको बताउँदै यो कस्तो प्रजातान्त्रिक दल भन्दै प्रश्न गरे ‘ओलीले नगराए कसले गराएको चुनावमा भाग लिने ?’
Leave a Reply