काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र आन्तरिक द्वन्द र फरक पार्टी दर्ताको चर्चा चलिरहेको बेला नेता जीवन राईले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक पार्टी दर्ता गराएका छन् ।
एमाले माधवकुमार नेपालनिकट रहेका नेता राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ता गरेको आयोगले जनाएको छ।
पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) रहेको बताउंदै नेता राईले भने ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’।
२५ सदस्यीय राईको पार्टीमा उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।
एमाले फुटको संघारमा पुगेका बेला नयाँ पार्टी खोलेको चर्चाले अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपा एमाले माधव नेपाल समूहका एक नेताका अनुसार यस अघि नै दल दर्ता भइसकेको र औपचारिक रुपमा बाहिर आउन मात्र बाँकी रहेको हो।
Leave a Reply