काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले बदलाको राजनीतिले सही गन्तव्यमा नपुर्याउने आशय ब्यक्त गरेका छन्।
पछिल्लो समय पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आन्तरिक द्वन्द चर्किदै गएको बेला पार्टी एकतामा जोड दिँदै आएका नेता भट्टराईले यस्तो आशय व्यक्त गरेका हुन्।
पार्टीको विगतलाई हेरेर धैर्य र संवाद गर्नु पर्ने भन्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।’
स्मरण रहोस केही दिनअघिसम्म नेपा पक्षमा रहेर भट्टराई पछिल्ला दिनहरुमा अध्यक्ष ओली प्रति झुकाव राख्दै आएका छन्।
Leave a Reply