Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • डब्लूएचओको चेतावनी: कोरोना संक्रमितको संख्या १० लाख र मृतककाे संख्या ५० हजार पुग्ने

    डब्लूएचओको चेतावनी: कोरोना संक्रमितको संख्या १० लाख र मृतककाे संख्या ५० हजार पुग्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दश लाख पुग्ने बताएका छन्। जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकअनुसार पुष्टि भएका कोरोनाभाइरस संक्रमणको संख्या ९ लाख ३७ हजार ५६७ पुगेको छ भने ४७ हजार २ सय ५६ भन्दा बढीले ज्यान गुमाएका छन्।

    डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै मास्कको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको जनाएको छ। कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसंख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।



    डब्लूएचओका प्रमुखले कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरू उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेकोमा चिन्ता व्यक्त गरेका हुन्। टेड्रस एड्हानोम गेहब्रेयससले भने, ‘आउँदा केही दिनमा संक्रमण पुष्टि हुनेको संख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ। यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ।’



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार