Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • मौसममा सुधार आएपछि पुनः सगरमाथा आरोहण

    मौसममा सुधार आएपछि पुनः सगरमाथा आरोहण

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भारतमा आएको ताउते आँधीको प्रभावले लगातार तीन दिन वर्षापछि आजदेखि मौसममा सुधार आएको छ ।

    मौसममा सुधार आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण पुनः शुरु भएको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार आइतबार केही आरोही चुचुरोमा पुग्न लागेका छन् ।



    मौसम प्रतिकूलका कारण चुचुरोमा पुग्न नसकेका आरोही मौसम सफा बनेपछि चुचुरोतर्फ गएका हुन् । उनीहरुले आजै सफल आरोहण गर्नेछन् । वैशाख अन्तिम हप्तादेखि सगरमाथामा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको थियो ।



    बहराइनका राजकुमारसहितको टोलीले यस सिजनमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको थियो ।

    चार सय आरोही सगरमाथा आरोहरणका लागि प्रयासमा छन् । यसपटक सगरमाथा आरोहणका लागि चार सय ८ जनाले अनुमति लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार