Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बलात्कारको आरोपमा पक्राउ परेका बाबुद्वारा आत्महत्या

    बलात्कारको आरोपमा पक्राउ परेका बाबुद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.1K
    SHARES

    कपिलवस्तु । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका एक बाबुले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् । वाणगंगा नगरपालिकाका ३८ वर्षीय थुनुवाले इलाका प्रहरी कार्यालय, पिपराको हिरासतमा रहेकाे बेला बिहीबार बिहान करिब सवा ७ बजे आत्यमहत्या गरेका हुन् ।

    ती व्यक्तिलेहिरासतको बाथरुमको शौचालयको भेन्टिलेसनमा तन्‍ना प्रयोग गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनाबारे बुझ्न र अनुसन्धान गर्न जिल्लाबाट नायव उपरीक्षक सुनिल मल्ल नेतृत्वमा टोली पुगेको छ।



    ‘उनको शव अझै झिकिएको छैन,’ मल्लले भने, ‘उनकी श्रीमतीलाई बोलाएका थियौं, बाबुआमालाई पर्खेका छौं।’ घटनास्थलको मुचुल्का उठाएपछि शव झिकेर पोस्टमार्टम गरिने मल्लले बताए।



    ती व्यक्तिले बारम्बार छोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको थियो। उक्त आरोपको अनुसन्धान भइरहेको थियो। प्रहरीले अनुसन्धान सकेर अभियोगपत्रसहित मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार