Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • समुदायस्तरमा कोरोना फैलिएपछि धनुषाको दुईवटा गाउँ शिल

    समुदायस्तरमा कोरोना फैलिएपछि धनुषाको दुईवटा गाउँ शिल

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    जनकपुरधाम । कोरोनाको दोस्रो लहरको समुदायस्तरमा फैलिएपछि धनुषाको दुई वटा गाउँलाई शिल गरिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ मा पर्ने चिसापानी र मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँलाई शिल गरिएको हो ।

    चिसापानी गाउँमा एकै पटक ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि शिल गरिएको गणेशमान चारनाथ नगरपालिकाका स्वास्थ्य इन्चार्ज श्यामजी रायले जनकारी दिए ।



    उनका अनुसार रुघाखोकी, ज्वरोलगायत कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या चिसापानी गाउँमा बढेपछि नगरपालिकाले स्वास संकलन गरि कोरोना परिक्षण गरेको थियो । त्यसमध्ये मध्ये ३५ जनामा कोरोना पोजेटिभ देखापरेपछि अयन्त्र फैलिन नदिन गाउँलाई शिल गरिएको स्वास्थ्य इन्चार्ज रायले जानकारी दिए ।



    इन्चार्ज रायकाअनुसार अहिलेसम्म नगरपालिकाको ७ वटा गाउँबाट २ सय ३७ जनाको स्वास संकलन गरि परिक्षण गरिदाँ ९५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । त्यसमध्ये ६१ जना पुरुष र ३४ जना महिला रहेका छन् ।

    यसैगरी प्रादेशिक कोभिड अस्पताल जनकपुर गएर जाँच गराएका मध्ये २१ जनामा संक्रमण देखिएको छ ।

    संक्रमितमध्ये तीन जनाको नगरपालिकाले पोर्ताहामा अक्सिजनलगायत सम्पूर्ण सुविधासहित सञ्चालन गरेको आइसोलेन वार्डमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका अन्य बिरामीलाई होम आइसोलेनमा राखेर उपचार भइरहेको छ । होम आइसोलेनमा बसेकाहरुलाई औषधी उपलब्ध गराउने देखि लिएर नियम जाँचका लागि स्वास्थ्यकर्मी खटिरहेको स्वास्थ्य इन्चार्ज रायले जानकारी दिए ।

    यसैगरी, जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि गाउँ शिल गरिएको छ ।

    त्यहाँ पनि कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो । त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

    संक्रमितहरु मध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेको नगरपालिका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार