Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सभामुख सापकोटाले भने – संविधान र सर्वोच्चको फैसलाविपरीत प्रतिनिधिसभाको विघटन

    सभामुख सापकोटाले भने – संविधान र सर्वोच्चको फैसलाविपरीत प्रतिनिधिसभाको विघटन

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    सापकोटाले  संविधान र सर्वोच्चको फैसलाविपरीत प्रतिनिधिसभाको विघटन गरिएको बताएका छन् ।



    शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले  लेखेका छन्, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’



    यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ,ु विज्ञप्तिमा लेखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    सभामुख सापकोटाले राजनीतिक दलका नेता र संविधानविद्सँगको परामर्शपछि विज्ञप्ति जारी गरेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार