Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बेलायतले नेपाललाई २० लाख डोज कोरोनाविरुद्धको खोप दिने

    बेलायतले नेपाललाई २० लाख डोज कोरोनाविरुद्धको खोप दिने

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना माहामारीले देश आक्रान्त बनिरहेको अहिलेको अवस्थामा बेलायतले कोरोनाविरुद्धको २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ । बेलायतले नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै खोप उपलब्ध गराउन लागेको हो । विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप (कोभिसिल्ड) उपलब्ध गराउन लागेको हो ।

    भारतले समयमै कोभिसिल्ड उपलब्ध नगराउँदा पहिलो डोज खोप लगाएकाहरूले अर्को डोज लगाउन नपाएका वर्तमान परिस्थितिमा बेलायतले खोप दिनुलाई सह्राहनीय र अर्थपूर्ण मानिएको छ । नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँको उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेको हो ।



    यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभइ बेलायतमा रहेका गोर्खा र काठमाडौँमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन्।



    बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बहस हुने भएपछि राजदूत पोलिटले त्यसको जानकारी प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् । बहस बिहीबार भएको थियो । अब बेलायत सरकारले औपचारिक रूपमा खोप नेपाल पठाउने छ । बेलायती विदेश मन्त्रालयले नेपाललाई तत्काल खोप उपलब्ध गराउने जानकारी संसद्‍मा दिएसँगै निर्णय लिएको हो ।

    यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार