Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

    सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    सप्तरी । जिल्लाको रुपनीमा करेन्ट लागेर शुक्रबार राति एक जना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुपनी गाउँपालिका वडा नम्वर ३ हर्दिका गाउँका संतोष यादवको २४ वर्षीया श्रीमति अमृता देवी यादव रहेका छन् ।



    उनी आफ्नै घरमा जडान रहेको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।



    करेन्ट लागेर गम्भीर घाइते भएका अमृतालाई उपचारको लागि रुपनी स्थित यूनिक अस्पताल लैजाँदै गरेको अवस्थामा उनको बाटोमा नै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार