Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • नारायणकाजीले भने- राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्नुको बिकल्प नै छैन

    नारायणकाजीले भने- राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्नुको बिकल्प नै छैन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरवहादुर देउवालाई नियुक्ती गर्नुको बिकल्प नभएको जिकिर गरेका छन्।

    प्रधानमन्त्रीको निर्णय अनुसार राष्ट्रपतिद्वारा आज अपरान्ह ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दावी गर्ने आव्हान संवैधानिकरुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपुर्ण नै रहेको श्रेष्ठले टिप्पणी गरे।



    नेता नारायणकाजी श्रेष्ठले ले भनेका छन्,  ‘तथापी हाम्रो आजको ब्यबस्थामा अदालतको निर्णय सहमत असहमत जे भएपनि लागुगर्ने रहेको र सर्बोच्च अदालतले आज ५ बजे भित्र अन्तरिम आदेश दिनुपर्ने यस बिषयमा परेको रिटमा ३ बजेसम्म रिट दर्ता नै नगरेको स्थितिका कारण नेका ,हाम्रो पार्टी ,राष्ट्रिय जनमोर्चाको सँस्थागत पार्टी निर्णय सहित जसपाका बाबुराम भट्टराई ,उपेन्द्र यादव सहित र नेकपा ( एमाले ) का झलनाथ खनाल ,माधव नेपाल सहितका बहुमत प्रतिनिधिसभा सदस्यहरु (१४९) को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको छ । राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको बिकल्प छैन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार