काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपति भवन शितल निवासमा पुगेका छन्।
सभापति देउवाको नेतृत्वमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर संकलन गरेपछि उनी शितल निवास पुगेका हुन्।
यसअघि सिंहदरबारमा हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल पक्षका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम पक्षका १३ जना समेत गरेर १४९ जना भएका छन्। नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।
बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।
Leave a Reply