Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • गगन थापाले भने, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं

    गगन थापाले भने, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएकोेले भण्डारीलाई महाभियोग लगाउन आह्वान गरेका हुन् ।



    उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।



    थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।

    प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार