काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थप दुई अध्यादेश जारी गरेकी छन् ।
जसमा सपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जनाएका छन्।
यसअघि आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो।
Leave a Reply