Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • महोत्तरीमा ६ वर्षीय बालक तीन दिनदेखि बेपत्ता

    महोत्तरीमा ६ वर्षीय बालक तीन दिनदेखि बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    रामनारायण यादव / महोत्तरी । महोत्तरीबाट एक बालक तीन दिन देखि बेपता भएका छन् । घटना भएको तीन दिन बितन लाग्दा पनि उनको अवस्था पता लगेको छैन् । जिल्लाको सोनमा गाउँपालिका वडा नम्वर ४ खेसराहाबाट ६ वर्षीय बालक घरबाटै बेपता भएका छन् ।

    बेपता हुनेमा सत्रुधन महतोका ६ वर्षीय छोरा युवराज महतो रहेको महोत्तरी प्रहरीले जनाएको छ । बालकका बुबाका अनुसार आफ्नै घरकै आगनमा खेल्दै गरेका युवराजलाई एक अपरिचत व्यक्तिले डुलाउन भनेर लगेको उनको भनाई छ । यो घटना मंगलबार बिहान् को हो ।



    परिवारजनले बालक अपहरण भएको आशंका गरेका छन् । तर, फिरौती वा धाकधम्की अहिलेसम्म नआएको महतोले बताए । पहिले निकै बेर सम्म परिवारका व्यक्तिहरुले आफैँ खोजबिन गरे नभेटेपछि खेसरहा प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय गौशालामा खबर गरेका थिए ।



    मंगलबार ती बालककी आमा संगिता देवी महतो घर मै कामकाज गर्दै थिइन् । हजुरआमा चम्पा देवी पनि आँगन कै गोठमा थिइन् । अपरिचित व्यक्तिले बच्चा लिएर जानै लाग्दा हजुरआमाले डुलाउन लगेको भनेर केही सोधिनन् । तर बच्चा अबेर सम्म घर नफर्किएपछि खोजबिन सुरु भएको थियो ।

    बालक फेला नपरेपछि घरमा रुवावासी चलेको छ । बालकका बुबा र आमा घरमा रुदै कराउँदै मुर्छा पर्ने गरेका छिमेकी बताउँछन् । स्थानीय धर्मेन्द्र यादवका अनुसार महोत्तरीको खेसरहाबाट बच्चा अपहरणको यो पहिलो घटना हो । भूमिगत समूह सक्रिय रहेका बेलामा अपहरणका घटनाहरु देखिए पनि बालबालिका अपहरणमा परेका थिएनन् ।

    घटनाको संम्बन्धमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णु प्रदीप बस्यालले भने बच्चा हराएको सूचना पाए लगातै प्रहरीले खोजबिन थालेको बताए । बच्चा खोज्न सीमाक्षेत्रका गाउँबस्तीसँगै सीमापारीका भारतीय सुरक्षा निकायसँग समन्वय गरी खोजबिन गरिरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार