Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना भाइरस: भारतमा एकैदिन २३ जनाको मृत्यु

    कोरोना भाइरस: भारतमा एकैदिन २३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै बुधबार एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्।

    यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।



    कोरोना भाइरसबाट संक्रमित हुनेहरुको खोजी गर्न भारतले तीव्ररुपमा परीक्षण सुरु गरेको छ। यसैकारण बुधबार यति धेरैको संख्यामा संक्रमित भेटिएका हुन्। यसको रोकथाम र नियन्त्रणका लागि भारतीय प्रधानमन्त्रीले तीन हप्ताको लकडाउन घोषणा गरेको छ।
    सबैभन्दा प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार