Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दिल्ली मुस्लिम सभामा सहभागी ६ नेपाली पक्राउ, परराष्ट्रले दियाे गलत सूचना

    दिल्ली मुस्लिम सभामा सहभागी ६ नेपाली पक्राउ, परराष्ट्रले दियाे गलत सूचना

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 3.6K
    SHARES

    फाइल तस्विर

    रौतहट । भारतको नयाँदिल्लीस्थित निजामुद्दिनको मुस्लिम धर्मसभामा सहभागी भएका ६ जना नेपालमै फेला परेका छन् । तर परराष्ट्र मन्त्रालयले भने निजामुद्दिनमा आयोजना गरिएको तबलिगी जमातको सभामा २० जना नेपालीहरु सहभागी भएको र उनीहरु सबैलाई दिल्लीमै क्वारेन्टाइनमा राखिएको दाबी गरेको थियो ।

    सहभागी भएका मध्ये ६ जना नेपालमै फेला पर्नाले परराष्ट्रले गलत सूचना प्रवाह गरेकाे प्रमाणित भएकाे छ। उक्त धार्मिक सभाबाट फर्किएका ६ जना सप्तरीमा फेला परेका हुन् ।



    राजविराज नगरपालिका–४ स्थित मिनि मार्केटअगाडि घर भएका उनीहरुलाई घरबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त सभामा सप्तरीबाट मात्रै १९ जना सहभागी भएको आशंका गरिएको छ । प्रहरीले शंकास्पद अन्यको पनि खोजी तीव्र बनाएको छ ।



    गत फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदे बर्साइनमा आयोजना गरिएको मुस्लिम धार्मिकसभामा सहभागी भएकाहरु अधिकांश दिल्लीको तबलिगी सभामा सामेल हुन गएको जनाइएको छ । उक्त सभामा नेपालबाट ठूलो संख्यामा मुस्लिम प्रतिनिधिहरु सहभागी भएको र अधिकांश नेपाल फर्किसकेको आशंका गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार